शंकरापुर–३ मा बस दुर्घटना : ४ जनाको मृत्यु, २७ घाइते

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ पुष २०८२, बिहीबार ०६:३९

काठमाडौँ ।  काठमाडौँको शंकरापुर नगरपालिका स्थित जङ्गल क्षेत्रमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार साँझ ५ बजेर ४५ मिनेटमा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा ३ महिला र १ पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका २७ जनामध्ये ११ जना पुरुष र १६ जना महिला रहेका छन्। घाइतेहरूको उपचार स्तुपा अस्पताल, नेपाल मेडिकल कलेज, शंकरापुर अस्पताल, अर्थोपेडिक अस्पताल, टिचिङ अस्पताल, मुलपानी नगर अस्पताल, सुस्मा कोइराला अस्पताल र पिपुल्स लाइफ केयर अस्पताल गरी आठ वटा अस्पतालमा भइरहेको छ।

नेचर हब संस्थाका कर्मचारीहरू पिकनिक सकेर फर्किने क्रममा उक्त बस दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको र उनी शंकरापुर अस्पतालमा उपचाररत रहेको जनाइएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

slot gacor