सिनामंगलमा फर्निचरमा आगलागी, चार घरमा क्षति; नगर प्रमुख अधिकारीको निर्देशनमा दमकल परिचालन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०८२, बुधबार ०७:३९

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका वडा नं. ९ गौहिगाउँ, सिनामंगलस्थित विवेक अर्यालको जग्गामा सञ्चालनमा रहेको रमेश पनेरुको फर्निचर उद्योगमा आगलागी हुँदा वरपरका चार वटा घरमा क्षति पुगेको छ।

आगलागी भएको जानकारी पाएलगत्तै टोखा नगरपालिकाको वारुण यन्त्रलाई दिउँसो ३:३५ बजे खबर गरिएको थियो। खबर प्राप्त भएको करिब १७ मिनेटमै, अर्थात् ३:५२ बजे दमकल घटनास्थलमा पुगेर आगलागी नियन्त्रणमा सहयोग गरिएको थियो।

टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको निर्देशनमा टोखाबाट गएको दमकलले आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।

आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिका, टोखा नगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत निकायबाट जम्मा १२ वटा वारुण यन्त्र परिचालन गरिएको थियो।

सम्बन्धित निकायहरूको संयुक्त प्रयासपछि आगलागी नियन्त्रणमा लिइएको र मानवीय क्षति भने नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया

slot gacor