काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले शान्ति सुरक्षाको व्यवस्था गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पत्र दर्ता गराएको छ।
सचिवालयको तर्फबाट मनोजमणि आचार्यले आगामी पुस २७ र २८ गते आयोजना हुन लागेको विशेष महाधिवेशनका दिन शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाइदिन आग्रह गर्दै पत्र बुझाएका हुन्।
पत्रमा उल्लेख गरिएको छ, “नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन यही मिति २०८२ पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएकाले उक्त स्थान आसपास तथा काठमाडौं क्षेत्रभित्र शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाइदिनुहुन अनुरोध छ।”
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा विशेष महाधिवेशनको पक्षमा रहेका छन् भने संस्थापन समूह भने विशेष महाधिवेशन हुन नहुने अडानमा रहेको छ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागका आधारमा विशेष महाधिवेशन बोलाउन लागिएको जनाइएको छ। नेपाली कांग्रेसको विधानको धारा १७ (२) मा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था रहेको छ।

प्रतिक्रिया