भ्रष्टाचार मुद्दामा सहसचिव प्रदीप परियारले पाए सफाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ पुष २०८२, बुधबार ०७:०२

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहँदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा सहसचिव प्रदीप परियारले सफाइ पाएका छन्।

न्यायाधीश नारायणप्रसाद पौडेलहेमन्त रावलको संयुक्त इजलासले परियारविरुद्ध दायर गरिएको भ्रष्टाचारजन्य हानिनोक्सानीसम्बन्धी मुद्दामा सफाइ दिएको हो। अदालतले बोलपत्र स्वीकृत गर्ने कार्यलाई बदनियतपूर्ण ठहर गर्न सकिने कुनै आधार नदेखिएको संक्षिप्त फैसलामा उल्लेख गरेको छ।

फैसलामा भनिएको छ, “रकम हानिनोक्सानी तथा दुरुपयोग गरे–गराएको भनी मान्न सकिने अवस्था देखिएन।”

अख्तियारले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको आरोप लगाउँदै परियारसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा परियारसँगै बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरीउत्तम दाहाल प्रतिवादी रहेका थिए।

विशेष अदालतले सातै जनामाथि लगाइएका आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सबैलाई सफाइ दिएको हो।

प्रतिक्रिया

Leave a Reply