काठमाडौँ । बुढानीलकण्ठको गौरव, संस्कृति र स्थानीय सम्पदालाई मौलिक खानामार्फत चिनाउने उद्देश्यले प्रथम सडक खाजा महोत्सव–२०८२ आयोजना हुन लागेको छ।
यो महोत्सव पौष २५ देखि २७ गतेसम्म बुढानीलकण्ठमा हुने भएको छ। महोत्सवमा सहभागीहरूले सस्तोमा विभिन्न परिकारहरू स्वाद लिन सक्नेछन् र एकै थालीमा अनेक स्वादको मजा लिन पाउनेछन्।
कार्यक्रमले मात्र स्वादको आनन्द मात्र होइन, परिवार र साथीहरूसँग सँगै बसेर खाने, रमाउने र बुढानीलकण्ठको सांस्कृतिक पहिचान चिनाउने अवसर पनि प्रदान गर्ने आयोजकले बताएका छन्।
खाना र संस्कृति प्रेमी सबैलाई यो उत्सवमा सहभागी हुन आयोजकले आमन्त्रण गरेका छन्।
स्थान: बुढानीलकण्ठ
मिति: पौष २५–२७, २०८२
#BudhanilkanthaStreetFoodFestival #सडकखाजामहोत्सव #TasteOfBudhanilkantha #LocalFoodFestival
प्रतिक्रिया