“हिसान सचिवमा अत्यधिक मतसहित भवानी पौडेल निर्वाचित”

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०८२, मंगलवार ०७:५८

काठमाडौँ ।  विगत २२ वर्षदेखि शैक्षिक क्षेत्रमा सक्रिय रहँदै जया मल्टिपल क्याम्पस सञ्चालन गर्दै आएका प्राचार्य भवानी पौडेल उच्च शिक्षाका निजी तथा आवासीय विद्यालयहरूको संगठन हिसान (HISSAN) को हालै सम्पन्न महाधिवेशनबाट अत्यधिक मतका साथ सचिव पदमा निर्वाचित हुनुभएको छ।

शिक्षा क्षेत्रमा लामो अनुभव, निष्ठा, सरल स्वभाव र सबैको लोकप्रियताका कारण पौडेलले प्रतिनिधिहरूको विश्वास जित्न सफल भएको सहभागीहरूको भनाइ छ। उहाँको निर्वाचनलाई हिसानभित्र समावेशी, इमानदार र परिणाममुखी नेतृत्वको आगमनका रूपमा हेरिएको छ।

निर्वाचनपछि प्रतिक्रिया दिँदै सचिव पौडेलले प्रतिनिधिहरूको चाहना र उद्देश्यअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले सबैको साथ, सहयोग र सुझावका आधारमा हिसानलाई अझ बलियो, एकजुट र प्रभावकारी संस्थाका रूपमा अघि बढाउने स्पष्ट अठोट व्यक्त गर्नुभयो।

“हिसानको जिम्मेवारी केवल पद होइन, यो शिक्षा क्षेत्रको साझा उत्तरदायित्व हो,” भन्दै उहाँले शिक्षा क्षेत्रको गुणस्तर, संस्थागत एकता र अधिकार सुनिश्चिततामा निरन्तर लागिरहने बताउनुभयो।

शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै मिलनसार, लगनशील र व्यवहारिक नेतृत्वको परिचय बनाएका पौडेलको यो सफलता शिक्षा क्षेत्रकै लागि सकारात्मक सन्देश भएको विश्लेषकहरू बताउँछन्।

यस महत्वपूर्ण जिम्मेवारीमा निर्वाचित हुनुभएकोमा पत्रकार मुकुन्द ढुंगानाको तर्फबाट भवानी पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको  छ।

प्रतिक्रिया