गोकर्णेश्वर–९ मा युवा लक्षित निःशुल्क बरिष्ठा तालिम सञ्चालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ पुष २०८२, मंगलवार ०६:५९

काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नं. ९ ले युवाहरूको क्षमता विकासलाई लक्षित गर्दै निःशुल्क बरिष्ठा (Bartista/Barista) तालिम सञ्चालन गर्ने भएको छ। वडा कार्यालयले सूचना जारी गर्दै तालिम सञ्चालनका लागि इच्छुक युवालाई आवेदन आह्वान गरेको हो। सूचनाअनुसार क्षमता विकास कार्यक्रमअन्तर्गत सञ्चालन हुने उक्त तालिममा सहभागी हुन चाहने युवाहरूले आफ्नो परिचय खुल्ने कागजात (नागरिकता वा परिचयपत्र) को फोटोकपीसहित मिति २०८२ साल माघ १४ गतेसम्म वडा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। यस कार्यक्रमबारे बोल्दै वडा अध्यक्ष राजीव थापा ले युवाहरूलाई सीपमूलक र रोजगारीसँग जोडिने तालिममा प्राथमिकता दिइएको बताए। उनले भने, “आजको समय सीप बिना रोजगारीको कल्पना गर्न सकिँदैन। वडाभित्रका युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले मागमा आधारित तालिम सञ्चालन गरिएको हो। बरिष्ठा तालिमले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ।” वडा अध्यक्ष थापाका अनुसार आगामी दिनमा पनि युवालाई लक्षित गर्दै व्यावसायिक, प्रविधिमैत्री तथा स्वरोजगारमुखी तालिमहरू निरन्तर सञ्चालन गरिनेछ। तालिमसम्बन्धी थप जानकारीका लागि वडा कार्यालयको सम्पर्क नम्बर ०९८४९०६५५६ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रतिक्रिया

slot gacor