गोकर्णेश्वरमा तीन महिने कुक तालिम कार्यक्रम सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०८२, सोमबार ०६:५९

काठमाडौँ ।  गोकर्णेश्वर नगरपालिका र **एक्सेल एकेडेमी अफ टुरिज्म एण्ड होटेल म्यानेजमेन्ट प्रा. लि.**को संयुक्त आयोजनामा गोकर्णेश्वरमा तीन महिने कुक तालिम कार्यक्रम सुरु भएको छ।

तालिम कार्यक्रमको उद्घाटन गोकर्णेश्वर नगरप्रमुख दीपक कुमार रिसालउपप्रमुख सान्नानी लामाले संयुक्त रूपमा गरेका थिए। उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, शिक्षा शाखा प्रमुख वीरबहादुर खड्का, आर्थिक प्रशासन शाखा प्रमुख रामजी रायमाझी, प्रशासन शाखा प्रमुख भूपेन्द्र बोहरा, सामाजिक विकास शाखाकी अजिता कपाली, एक्सेल एकेडेमीकी प्रतिनिधि मन्दिरा घिमिरे, तालिम प्रशिक्षकहरू र विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारीहरूको उपस्थिती रहेको थियो।

नगरप्रमुख रिसालले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “हामी मिसन ८४ मा होइन, मिसन रोजगारीमा लागेका छौं।” उनले सीप विकासमार्फत युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यमा नगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे। उपप्रमुख लामाले पनि युवाहरूलाई दक्ष, सक्षम र आत्मनिर्भर बनाउन यस्ता तालिम आवश्यक रहेको बताइन्।

कार्यक्रम सञ्चालन पद्मकन्या क्याम्पसकी स्ववियु सचिव सन्ध्या बस्यालले गर्नुभएको थियो। बस्यालले वर्तमान अवस्थामा सीपमूलक तालिममार्फत आत्मनिर्भर बन्ने आवश्यकता रहेको उल्लेख गरिन्।

तीन महिने तालिम पुस २० गतेबाट सुरु भई चैत्र १९ गतेसम्म सञ्चालन हुनेछ। सहभागीहरूलाई अनुभवी प्रशिक्षकद्वारा व्यवहारिक र सैद्धान्तिक तालिम प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

slot gacor