काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्को कार्यकारी उपाध्यक्ष पदमा अधिवक्ता शिरिष पौडेल नियुक्त भएका छन्।
नगरपालिकाले युवाको सहभागिता, नेतृत्व विकास तथा नीति निर्माणमा युवाको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यसहित पौडेललाई उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ।
नव–नियुक्त कार्यकारी उपाध्यक्ष पौडेलको कार्यकाल सफल, प्रभावकारी र परिणाममुखी रहने विश्वास व्यक्त गरिएको छ।
यस अवसरमा नगरप्रमुख मिठाराम अधिकारी ले पत्र हस्तान्तरण गर्दै शुभकामना व्यक्त गरेका थिए भने प्रमुख प्रशासनिक अधिकृत अजय बर्तौला र प्रशासनिक प्रमुख महेश पाठकले पनि पौडेललाई बधाई तथा शुभकामना दिएका छन्।
नगर युवा परिषद्का सदस्य तथा सम्बन्धित पक्षहरूले पौडेलको नेतृत्वमा युवा सहभागिता अझ सशक्त र योजनामूलक हुने अपेक्षा व्यक्त गरेका छन्।
प्रतिक्रिया