रास्वपाको केन्द्रीय समितिमा उज्यालो नेपालको टिमबाट १२ जना थपिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ पुष २०८२, सोमबार ०६:०६

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा उज्यालो नेपालको टिमबाट १२ जना सदस्य थपिने भएका छन्। आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले यससम्बन्धी सहमतिलाई औपचारिक रूपमा अनुमोदन गरेको हो।

यसअघि आजै विवेकशील साझाबाट आएका सात जना केन्द्रीय समितिमा समेटिएका थिए। अब उज्यालो नेपाल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) निकट टिमबाट थपिने सदस्यसमेत जोड्दा रास्वपाको केन्द्रीय समिति १०४ सदस्यीय हुने भएको छ।

यसैबीच, रास्वपाले कुलमान घिसिङलाई उपसभापति बनाउने विषयमा गत पुस ४ गते नै सहमति गरिसकेको छ। पार्टीका एक नेताका अनुसार कुलमान घिसिङ पार्टीको दोस्रो वरीयतामा रहनेछन्।

सहमति अनुसार पार्टी सभापतिका रूपमा रवि लामिछाने पहिलो वरीयतामा रहनेछन् भने बालेन्द्र साह तेस्रो, डिपी अर्याल चौथो र स्वर्णिम वाग्ले पाँचौँ वरीयतामा रहनेछन्।

यसअघि नै रास्वपाले रवि लामिछानेलाई पार्टी सभापति र बालेन्द्र साहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति गरिसकेको जानकारी पनि पार्टी स्रोतले जनाएको छ।

प्रतिक्रिया