काठमाडौँ । हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६, जुरीखेतस्थित सडकमा आइतबार साँझ सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटनामा परेपछि घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
प्रवक्ता बोगटीका अनुसार घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। बाँकी तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया