गोकर्णेश्वरमा तीन प्रमुख भित्री सडक पिचको अन्तिम चरणमा नगरपालिका र PID को सहकार्यमा पूर्वाधार विकास तीव्र

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० पुष २०८२, आईतवार ०७:४२

काठमाडौँ ।  गोकर्णेश्वर नगरपालिका र PID को सहकार्यमा नगरभित्रका तीन महत्वपूर्ण भित्री सडक पिच गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। हनुमान चोकबाट पौडेल गाउँ जाने बाटो, भैरव चौरको बाटो तथा नमगेल पुलदेखि उत्तर बाहिनी जाने भित्री सडक हाल अस्फाल्ट पिचको अन्तिम चरणमा रहेको गोकर्णेश्वर नगरपालिकाले जनाएको छ।

स्थानीय बासिन्दाको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै नगरपालिकाले चरणबद्ध रूपमा सडक पूर्वाधार विस्तार गर्दै आएको छ। पिच सम्पन्न भएपछि उक्त क्षेत्रका नागरिकको आवतजावत सहज हुनुका साथै धुलो, हिलो र दुर्घटनाको जोखिम कम हुने विश्वास लिइएको छ।

यस सम्बन्धमा नगर प्रमुख दीपक कुमार रिसालले नगरभित्रका भित्री सडकलाई प्राथमिकतामा राखेर विकास अघि बढाइएको बताए। उनले भने,
“नगरवासीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका भित्री सडकहरूलाई व्यवस्थित र दिगो बनाउनु हाम्रो मुख्य उद्देश्य हो। PID सँगको सहकार्यमा यी सडकहरू पिचको अन्तिम चरणमा पुगेका छन्, समयमै गुणस्तरीय रूपमा सम्पन्न गरिन्छ।”

नगर प्रमुख रिसालले विकास निर्माणका काममा पारदर्शिता र गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै आगामी दिनमा पनि नगरका सबै वडामा समान रूपले पूर्वाधार विकासलाई अघि बढाइने जानकारी दिए।

स्थानीयवासीहरूले सडक पिच अन्तिम चरणमा पुगेपछि नगरपालिकाप्रति आभार व्यक्त गर्दै लामो समयदेखिको समस्या समाधान हुन लागेकोमा खुशी व्यक्त गरेका छन्।

प्रतिक्रिया

slot gacor