मणिगाल निर्माण उपभोक्ता समितिको छैटौं वार्षिक साधारणसभा सम्पन्न नगर प्रमुख रिसालको प्रमुख आतिथ्य, उपप्रमुख लामा र प्रवक्ता सुबेदीको विशिष्ट आतिथ्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० पुष २०८२, आईतवार ०७:३५

काठमाडौँ ।  गोकर्णेश्वर नगरपालिका–५ मा अवस्थित मणिगाल निर्माण उपभोक्ता समितिको छैटौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। गायत्री दंगाल ढकाल अध्यक्ष रहेको समितिको साधारणसभा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्य तथा उप–प्रमुख सान्नानी लामा र नगर प्रवक्ता एवं वडा अध्यक्ष नारायण बहादुर सुबेदीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रिसालले स्थानीय स्तरका निर्माण उपभोक्ता समितिहरू विकास निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै जनसहभागितामूलक योजनाले पारदर्शिता, स्वामित्व र दिगोपन सुनिश्चित गर्ने बताए। उनले मणिगाल निर्माण समितिले हालसम्म गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि गुणस्तरीय र समयमै योजना सम्पन्न गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उप–प्रमुख सान्नानी लामाले विकास निर्माणमा महिला सहभागिता, समावेशिता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। उनले उपभोक्ता समितिहरूले आर्थिक पारदर्शिता र सामूहिक उत्तरदायित्वलाई सधैं आत्मसात् गर्नुपर्ने बताउँदै मणिगाल निर्माण समितिको कार्यशैली उदाहरणीय रहेको धारणा राखिन्।

नगर प्रवक्ता तथा वडा अध्यक्ष नारायण बहादुर सुबेदीले गोकर्णेश्वर–५ भित्र भएका पूर्वाधार विकासका उपलब्धिहरू उल्लेख गर्दै मणिगाल निर्माण योजनाले स्थानीय बासिन्दाको दैनिकी सहज बनाएको बताए। उनले उपभोक्ता समितिको सक्रियता र समन्वयकै कारण योजना सफलतापूर्वक अघि बढेको भन्दै समितिलाई धन्यवाद व्यक्त गरे।

साधारणसभामा अध्यक्ष गायत्री दंगाल ढकालले समितिको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै हालसम्म सम्पन्न कार्य, खर्च विवरण र आगामी योजना बारे जानकारी गराइन्। उनले सबै सरोकारवालाको सहयोगका कारण योजना सफलतापूर्वक कार्यान्वयन भएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

साधारणसभाले आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामी कार्ययोजना अनुमोदन गरेको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उपभोक्ता समिति सदस्य तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

slot gacor