तारेभिर यातायात प्रा.लि.को छैटौं वार्षिक साधारण सभा सम्पन्न प्रमुख अतिथि श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० पुष २०८२, आईतवार ०७:३०

काठमाडौँ ।  बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापा ज्यूको प्रमुख आतिथ्यतामा तारेभिर यातायात प्रा.लि.को छैटौं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

साधारण सभामा कम्पनीको वार्षिक प्रगति विवरण, आर्थिक अवस्था तथा आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो। साथै यातायात क्षेत्रको सुधार, सुरक्षित र व्यवस्थित सेवा प्रवाह तथा श्रमिक–मैत्री नीति कार्यान्वयनका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री थापाले यातायात क्षेत्र प्रदेशको आर्थिक विकास र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र प्रविधिमैत्री बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

साधारण सभामा कम्पनीका सञ्चालक, सेयरधनी, कर्मचारी तथा यातायात व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सभाले कम्पनीको आर्थिक प्रतिवेदन पारित गर्दै आगामी वर्षका लागि रणनीतिक योजना समेत अनुमोदन गरेको छ।

प्रतिक्रिया

slot gacor