माछापुच्छ्रे बैंकद्वारा त्रिवि शिक्षण अस्पतालमा १२औँ एक्सटेन्सन काउन्टर सञ्चालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०८२, शुक्रबार १४:५७

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको महाराजगञ्जस्थित देशकै ठूलो अस्पताल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आफ्नो १२औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। अस्पतालमा उपचार तथा सेवा लिन आउने सेवाग्राहीहरूको सुविधा र सहजतालाई मध्यनजर गर्दै बैंकले उक्त काउन्टर सञ्चालन गर्न लागेको हो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमै एक्सटेन्सन काउन्टर निर्माण गरी सञ्चालनमा ल्याउन बैंक र अस्पतालबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. सुवास प्रसाद आचार्य र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभएको छ।

सम्झौता अनुसार अस्पतालले उपलब्ध गराएको स्थानमा बैंकले आवश्यक भौतिक संरचना निर्माण गरी छिट्टै काउन्टर सञ्चालनमा ल्याउने जनाएको छ। यसअघि नै अस्पताल परिसरमा एटिएम सेवा सञ्चालन गर्दै आएको माछापुच्छ्रे बैंकले नयाँ एक्सटेन्सन काउन्टरमार्फत उपचारका क्रममा हुने बिल भुक्तानी, रेमिट्यान्स सेवा तथा अन्य विभिन्न बैंकिङ कारोबारलाई सहज र प्रभावकारी बनाउनेछ।

बैंकले सरकारी तथा सार्वजनिक निकायहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्ने आफ्नो अभियानलाई निरन्तरता दिँदै यसलाई महत्वपूर्ण पहलका रूपमा अघि बढाएको जनाएको छ। एक्सटेन्सन काउन्टर सञ्चालनसँगै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सेवाग्राही तथा अस्पतालका आर्थिक कारोबारलाई थप डिजिटल, सरल र व्यवस्थित बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

प्रतिक्रिया

slot gacor