गोकर्णेश्वर–८ अत्तरखेलबाट नक्कली नोटसहित ६ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०८२, शुक्रबार ०७:२६

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेल चोकबाट नक्कली नोटको कारोबारमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट एक हजार दरका ९३ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–२ घर भई हाल शंखरापुर नगरपालिका–४ साँखु बस्ने ३२ वर्षीय दावा नोर्बु शेर्पा, ४४ वर्षीय पासाङ शेर्पा, मेलम्ची नगरपालिका–३ घर भई हाल शंखरापुर–४ बस्ने ३२ वर्षीय प्रकाश गुरुङ रहेका छन् ।

त्यसैगरी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई शंखरापुर–६ बस्ने ४२ वर्षीया रेणुका भारती, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ घर भई शंखरापुर–६ बस्ने ६५ वर्षीय गोकर्ण थापा र शंखरापुर नगरपालिका–३ बस्ने ४३ वर्षीय सुकबहादुर स्याङ्बो पनि पक्राउ परेका छन् ।

पक्राउ परेकामाथि नक्कली नोट कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

slot gacor