तराईमा हुस्सु–कुहिरोको प्रभाव कायमै, पहाड र हिमालमा हल्का वर्षा–हिमपातको सम्भावना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ पुष २०८२, शुक्रबार ०७:०९

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले आज तराई भू–भागका अधिकांश स्थानहरूमा दिउँसो हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल तराईका अधिकांश क्षेत्र हुस्सुले ढाकिएका छन्। आज दिउँसो पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि देखिएको छ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहँदा तराईका केही स्थानमा भने हुस्सु कायमै रहनेछ।

महाशाखाले तराई क्षेत्रमा हुस्सु तथा कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य र सडक यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

slot gacor