नेपाली कांग्रेसले समानुपातिकतर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझायो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०८२, मंगलवार १५:४९

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारतर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरलाई आयोगले मान्यता नदिँदा हिजो (सोमबार) बन्दसूची बुझाउन नसकेको कांग्रेसले आज (मंगलबार) ढिला गरी आयोगमा सूची दर्ता गराएको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसको तर्फबाट ११० जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गरी निर्वाचन आयोगमा पेस गरिएको छ। यसपटकको बन्दसूचीमा २०६४ सालदेखि समानुपातिक सांसद भइसकेका व्यक्तिहरूलाई समावेश नगरिएको कांग्रेसले जनाएको छ।

पार्टीले नयाँ अनुहार, समावेशिता र क्षेत्रीय तथा सामाजिक सन्तुलनलाई ध्यानमा राख्दै बन्दसूची तयार गरिएको दाबी गरेको छ। कांग्रेसले समयमै बन्दसूची बुझाएसँगै प्रतिनिधिसभा निर्वाचनको तयारी थप तीव्र बनेको छ।

प्रतिक्रिया