मनका धनी समाजसेवीद्वारा कागेश्वरी मनोहरा नगर अस्पताललाई सहयोग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ पुष २०८२, मंगलवार ०७:२३

काठमाडौँ । सामाजिक उत्तरदायित्वको सुन्दर उदाहरण प्रस्तुत गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका एक स्थानीय बासिन्दा तथा समाजसेवी व्यक्तिले कागेश्वरी मनोहरा नगर अस्पताललाई महत्वपूर्ण सहयोग प्रदान गर्नुभएको छ । नाम सार्वजनिक गर्न नचाहने ती समाजसेवीले अस्पतालको निरन्तर सामाजिक सेवाबाट प्रेरित भई सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको जनाइएको छ।

सहयोगस्वरूप करिब रु. १ लाख बराबरका ४५ थान ब्ल्याङ्केट, ४५ थान पिलो कभरसहित तथा १२ थान टावेल आज नगर प्रमुख उपेन्द्र कार्कीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । उक्त सामग्री अस्पतालमार्फत विपन्न तथा असहाय बिरामीहरूको सेवामा प्रयोग गरिने अस्पताल प्रशासनले जनाएको छ।

कागेश्वरी मनोहरा नगर अस्पतालले विगतदेखि नै सामाजिक सेवा इकाइमार्फत आर्थिक रूपमा कमजोर नागरिकहरूलाई निरन्तर उपचार तथा सहयोग प्रदान गर्दै आइरहेको छ । यही सेवाभावबाट प्रेरित भई समाजसेवीले सहयोग गरेको बताइएको छ।

यस सहयोगप्रति अस्पताल प्रशासनले समाजसेवीप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै, यस्ता मानवीय कार्यले समाजमा सहयोग, सहकार्य र मानवीय संवेदनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

slot gacor