टोखा नगरपालिकामा १५ औँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्य रूपमा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०८२, आईतवार ०८:११

काठमाडौं । टोखा नगरपालिकाले १५ औँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। “हामी साका अभियान : ज्येष्ठ नागरिक प्रति श्रद्धा र सम्मान” भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

नगर कार्यपालिकाको कार्यालय, मैजुहिटीमा आयोजित कार्यक्रममा ज्येष्ठ नागरिकको सम्मान, योगदानको कदर तथा सामाजिक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रममा नगरप्रमुख अधिकारीले ज्येष्ठ नागरिकहरू समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको अनुभव र योगदानबाट नयाँ पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो। नगरपालिकाले ज्येष्ठ नागरिकमैत्री नीति तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सम्मान, मन्तव्य तथा विविध गतिविधिसहित सम्पन्न कार्यक्रमले ज्येष्ठ नागरिकप्रति समाजको दायित्व र सम्मानलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

slot gacor