बूढानीलकण्ठ–३ मा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ पुष २०८२, आईतवार ०७:१९

बूढानीलकण्ठ, काठमाडौँ। बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी न्यानो कपडा (ज्याकेट र हाईनेक स्वेटर) वितरण कार्यक्रम सम्पन्न भएको छ।

जाडो मौसममा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य र दैनिकीलाई सहज बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा वडा भित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा वितरण गरिएको हो। कार्यक्रममार्फत मानवीय संवेदना, सहकार्य र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गरिएको छ।

वडाले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको अभिन्न अङ्गका रूपमा सम्मान गर्दै आगामी दिनमा पनि यस्ता सहयोगात्मक तथा समावेशी कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

“अपाङ्गता भएका व्यक्तिहरूलाई सधैं माया गरौँ” भन्ने सन्देशसहित सम्पन्न कार्यक्रमका यी तस्बिरहरूले सामाजिक एकता र करुणाको भावना झल्काउँछन्।

प्रतिक्रिया

slot gacor