काठमाडौँ । रश्मिलाज फेसियल हाउसको १८ औँ वार्षिक उत्सव को अवसर पारेर काठमाडौँको हात्तिगौडा, बुढानीलकण्ठमा नयाँ शाखा सञ्चालनमा आएको छ। बिहीबारदेखि सुरु भएको यो शाखा रश्मिलाज फेसियल हाउसको छैटौँ आउटलेट हो।
नयाँ आउटलेटको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला र अभिनेत्री बेनिशा हमालले संयुक्त रूपमा रिवन काटेर गर्नुभएको हो।
दुई दशकभन्दा बढी समय अमेरिका बसोबास गरेकी समी रेग्मी अधिकारीको साझेदारीमा रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठ तथा प्रबन्ध निर्देशक प्रकाश कुमार श्रेष्ठले हात्तिगौडा शाखा सञ्चालनमा ल्याएका हुन्।
कार्यक्रमका प्रमुख अतिथि एवम् चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अन्तर्राष्ट्रिय गुणस्तरको सेवा प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसप्रति आफू लामो समयदेखि आकर्षित रहेको बताए। नयाँ शाखाको सफलताको कामना गर्दै उनले सौन्दर्य क्षेत्रमा रश्मिलाज फेसियल हाउस एक स्थापित ब्रान्ड बनेको उल्लेख गरे।
चलचित्र अभिनेत्री बेनिशा हमालले काठमाडौँ मलस्थित रश्मिलाज फेसियल हाउसबाट आफूले सेवा लिँदै आएको अनुभव सुनाउँदै छैटौँ शाखाको उद्घाटनमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन्। यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि अन्तर्राष्ट्रिय स्तरको सेवा भएकै कारण आफू लामो समयदेखि रश्मिलाज फेसियल हाउससँग जोडिएको उल्लेख गर्दै अध्यक्ष रश्मिला श्रेष्ठ, प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठ र साझेदार समी रेग्मी अधिकारीलाई नयाँ शाखाको सफलताको शुभकामना दिइन्।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै रश्मिलाज फेसियल हाउसकी अध्यक्ष एवम् अग्रज ब्युटिसियन रश्मिला श्रेष्ठले १८ वर्षअघि क्रिसमसकै दिन काठमाडौँको सुनधारास्थित काठमाडौँ मलबाट रश्मिलाज फेसियल हाउसको सुरुवात गरिएको स्मरण गरिन्। काठमाडौँ मलका दुई शाखासहित सिभिल मल, गोंगबुको बिजी मल र बालाजु बसपार्कस्थित बुद्ध मलमा सफलतापूर्वक सेवा दिँदै आएको संस्थाले अब हात्तिगौडामा छैटौँ आउटलेट सञ्चालनमा ल्याएको उनले जानकारी दिइन्। आगामी दिनमा काठमाडौँ बाहिर तथा विदेशमा समेत शाखा विस्तार गर्ने योजना रहेको पनि उनले बताइन्।
नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वाससहित अमेरिका छाडेर नेपाल फर्किएको बताउँदै समी रेग्मी अधिकारीले हात्तिगौडा आउटलेटमार्फत रश्मिलाज फेसियल हाउसको सेवा विस्तारमा जोडिन पाउँदा गर्व लागेको बताइन्।
१८ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा रश्मिलाज फेसियल हाउसका अघिल्ला सबै शाखामा कार्यरत कर्मचारी, ब्युटिसियन, हेयर स्टाइलिस्ट तथा मेकअप आर्टिस्टहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया