काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका–हात्तिगौंडामा अवस्थित **‘रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर’**को नयाँ शाखा आज एक विशेष समारोहका बीच भव्य रूपमा उद्घाटन हुँदैछ। उद्घाटन कार्यक्रमलाई सफल र स्मरणीय बनाउन आयोजक पक्षले तयारी तीव्र पारेको छ। नयाँ शाखाको उद्घाटनसँगै संस्थाको १८औँ वार्षिकोत्सव पनि एकैसाथ मनाइँदैछ।
उद्घाटन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्। कार्यक्रममा चर्चित अभिनेत्रीहरू दीपाश्री निरौला र बेनिशा हमाल विशेष अतिथिका रूपमा उपस्थित हुने कार्यक्रम तय गरिएको छ भने लोकप्रिय गायिका मञ्जु पौडेलले कार्यक्रमको औपचारिक सञ्चालन गर्दै समारोहलाई आकर्षक बनाउनेछिन्।
संस्थाकी अध्यक्ष रश्मिला श्रेष्ठले १८ वर्षको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा टिमप्रति आभार व्यक्त गर्दै,
“रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर सधैं गुणस्तरीय सेवा, आधुनिक प्रविधि र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर अघि बढिरहेको छ,” बताइन्।
संस्थाका संरक्षक प्रकाश कुमार श्रेष्ठले नयाँ शाखा उद्घाटनसँगै सेवा विस्तार गर्ने तथा सौन्दर्य क्षेत्रमा अझै व्यावसायिक र विश्वसनीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया