काठमाडौँ । पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिनका लागि पार्टीका नेताहरूले सुझाव दिएका छन्।
बुधबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई आयोगमा उपस्थित भई बयान दिन सल्लाह दिएका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार जाँचबुझ आयोगले बयानका लागि बोलाएको विषयमा विस्तृत छलफल भएको थियो। पार्टीका प्रवक्ता प्रकाशशरण महतले भने, “आजको बैठकमा निवर्तमान गृहमन्त्रीलाई बयान दिन जानुपर्ने विषयमा कुरा उठ्यो। सुझाव दिने साथीहरूले बयान दिनु राम्रो हो भन्नुभयो।”
रमेश लेखकलाई आयोगले मंगलबार बयानका लागि बोलाएको हो। प्रवक्ता महतका अनुसार नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज सकिएको छ भने भोलि दिउँसो १ बजे पुनः बस्ने जानकारी दिएका छन्।
प्रतिक्रिया