टोखा नगरपालिकाद्वारा लोकसेवा तयारी कक्षा सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०८२, बुधबार ०७:१४

काठमाडौं, टोखा । टोखा नगरपालिकाको आयोजनामा लोकसेवा आयोगको तयारी कक्षा सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय युवालाई सार्वजनिक सेवामा प्रवेशका लागि प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, वडा अध्यक्षहरू, शिक्षा शाखाका प्रतिनिधि, प्रशिक्षक तथा लोकसेवा तयारीमा संलग्न इच्छुक युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा लोकसेवा आयोगको परीक्षा प्रणाली, पाठ्यक्रम संरचना, तयारी रणनीति, समय व्यवस्थापन तथा उत्तर लेखनका सीपसम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख प्रकाश अधिकारीले युवाको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई सरकारी सेवामा प्रतिस्पर्धी बनाउने उद्देश्यले नगरपालिकाले निःशुल्क तथा सहुलियतपूर्ण लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “स्थानीय तहबाटै दक्ष र सक्षम जनशक्ति उत्पादन गर्नु हाम्रो प्राथमिकता हो। लोकसेवा तयारी कक्षाले युवाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ।”

त्यसैगरी शिक्षा शाखाका प्रमुखले कक्षा सञ्चालनका लागि अनुभवी प्रशिक्षक, आवश्यक अध्ययन सामग्री तथा नियमित मूल्यांकनको व्यवस्था गरिने जानकारी दिनुभयो। इच्छुक सहभागीहरूले नगरपालिकामा आवेदन दिएर कक्षामा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो।

कार्यक्रमको अन्त्यमा सहभागी युवाहरूले नगरपालिकाको पहलप्रति धन्यवाद व्यक्त गर्दै लोकसेवा तयारी कक्षा शीघ्र सुरु गर्न माग गरेका थिए। नगरपालिकाले आगामी दिनमा यस्ता सीपमूलक तथा करियर मार्गदर्शन कार्यक्रमहरू थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

slot gacor