शहरीकरणको चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै नगर गौरवका खानेपानी आयोजना कार्यान्वयनमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ पुष २०८२, बुधबार ०६:४१

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले तीव्र शहरीकरणबाट सिर्जित चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै नगर गौरवका खानेपानी आयोजना कार्यान्वयनमा ल्याएको जनाएको छ।

नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुषोत्तम सुवेदीले शहरीकरणसँगै बढ्दो जनसंख्या, खानेपानीको माग र पूर्वाधार दबाबलाई मध्यनजर गर्दै दीर्घकालीन समाधानका रूपमा नगर गौरवका खानेपानी आयोजना अघि बढाइएको बताएका छन्।

उनले भने, “शहरीकरण हाम्रो नगरका लागि चुनौती मात्र होइन, अवसर पनि हो। हामीले यस चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै नगरवासीलाई सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यले नगर गौरवका खानेपानी आयोजना कार्यान्वयनमा ल्याएका छौँ।”

प्रमुख प्रशासकीय अधिकृत सुवेदीका अनुसार यी आयोजनामार्फत नगरका विभिन्न वडामा दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ। साथै, योजनाको प्रभावकारी कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका साथै प्राविधिक मापदण्डलाई विशेष प्राथमिकता दिइएको उनले स्पष्ट पारे।

उनले नगरपालिकाले पूर्वाधार विकाससँगै सुशासन, पारदर्शिता र नागरिकको जीवनस्तर उकास्न प्रतिबद्ध रहेको उल्लेख गर्दै खानेपानी आयोजनाले स्वास्थ्य, सरसफाइ र समग्र शहरी व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कागेश्वरी मनोहरा नगरपालिकाले आगामी दिनमा पनि शहरी विकासलाई व्यवस्थित, समावेशी र दिगो बनाउने उद्देश्यसहित आधारभूत सेवा विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ।

प्रतिक्रिया

slot gacor