प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०८२, सोमबार ०६:०६

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, वर्तमान चुनौती तथा आपसी चासोका विषयमा छलफल भएको बताइएको छ।

भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, रास्वपाका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णीम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, नेता शिशिर खनाल तथा तोसिमा कार्की लगायतको सहभागिता रहेको थियो।

उक्त भेटलाई समसामयिक राजनीतिक संवाद र सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया