बुढानीलकण्ठमा ‘न्यायमा बाह्य पहुँच’ कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ पुष २०८२, सोमबार ०५:५५

काठमाडौँ । उच्च अदालत पाटन र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा बुढानीलकण्ठ नगरपालिकामा ‘न्यायमा बाह्य पहुँच (Judicial Outreach)’ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा न्यायिक पहुँच विस्तार गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा न्यायपालिका र स्थानीय सरकारबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा व्यापक छलफल गरिएको थियो।

कार्यक्रममा उच्च अदालत पाटनका न्यायाधीश, बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि, न्यायिक समिति सदस्य, कानुन व्यवसायी, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा न्यायिक प्रक्रियाको सरलता, नागरिकको न्यायमा पहुँच, स्थानीय तहमा विवाद समाधानका वैकल्पिक उपाय, न्यायिक समितिको भूमिका र क्षमता अभिवृद्धि लगायतका विषयमा प्रस्तुतिकरण र अन्तरक्रिया गरिएको थियो।

उच्च अदालत पाटनका प्रतिनिधिहरूले स्थानीय तहसँग सहकार्य गर्दै न्यायिक चेतना अभिवृद्धि गर्ने, न्यायिक सेवा नागरिकको दैलोसम्म पुर्‍याउने र छिटो–छरितो न्याय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीहरूले यस्ता ‘Judicial Outreach’ कार्यक्रमले न्यायपालिका र नागरिकबीचको दूरी घटाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

बुढानीलकण्ठ नगरपालिकाका तर्फबाट बोल्ने वक्ताहरूले स्थानीय तहमा देखिने साना–ठूला विवादलाई मेलमिलाप र कानुनी प्रक्रियामार्फत समाधान गर्दै न्यायिक समितिलाई प्रभावकारी बनाइँदै लगिएको जानकारी गराए। नगरपालिकाले न्यायमा सबैको समान पहुँच सुनिश्चित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्यो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले न्यायिक पहुँच विस्तारका लागि स्थानीय तह र न्यायपालिकाबीच नियमित समन्वय, जनचेतना कार्यक्रम तथा क्षमता विकास तालिम आवश्यक रहेको निष्कर्ष निकाले।

प्रतिक्रिया

slot gacor