काठमाडौं । गोकर्णेश्वर–काठमाडौंस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारकमा २०८२ साल पौष ०५ गते स्मारक बिस्तारित बोर्ड उद्यान सञ्चालन तथा व्यवस्थापन समिति र सल्लाहकार समितिको संयुक्त बैठक सम्पन्न भएको छ।
बैठकको अवसरमा नेपाल सरकारका मुख्यसचिव सुमन राज अर्याल र डा. पवन राज चालिसेलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो। आयोजकले कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूप्रति धन्यवाद तथा आभार व्यक्त गरेको जनाएको छ।
स्मारकको समितिका अध्यक्ष सुदर्शन सिग्देलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको हालसम्मको प्रगति, आगामी योजना तथा व्यवस्थापनका चुनौतीबारे जानकारी गराए। उनले राष्ट्रिय सहिद तथा शान्ति पार्कलाई स्मरण, अध्ययन र शान्तिको केन्द्रका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।
यसै अवसरमा नेपाल साइक्ल संघको आयोजनामा साइक्ल रेस प्रतियोगिता समेत सम्पन्न भएको थियो। प्रतियोगितामा विभिन्न क्षेत्रका खेलाडीहरूले भाग लिएका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विजयी खेलाडीहरूलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको थियो। सहभागी वक्ताहरूले खेलकुदले युवामा अनुशासन, स्वास्थ्य र राष्ट्रिय एकताको भावना विकास गर्ने बताएका छन्।
कार्यक्रमले राष्ट्रिय सहिदहरूको सम्मान, शान्ति प्रवर्द्धन र खेलकुदमार्फत सामाजिक जागरणमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया