काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ कै ठुलो खानेपानी आयोजना बाटुलेसिन खानेपानी व्यवस्थापन समितिको तेश्रो साधारण सभा तथा समितिको भवन उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा नगर प्रमुख दीपक रिसाल, वडा अध्यक्ष मुरारी कुइकेल तथा सोही वडाका स्थानीय व्यक्तिहरूको उल्लेख्य उपस्थिती रहेको थियो।
सभामा समितिले आयोजना सञ्चालनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका योजना र परियोजना बारे छलफल गरेको थियो। यस अवसरमा समितिको नयाँ भवनको उद्घाटन गरिँदै, पानी व्यवस्थापनमा स्थानीय समुदायको सक्रिय सहभागिता र दीगो सेवा प्रवाह सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमका सहभागीहरूले खानेपानी व्यवस्थापनलाई अझ व्यवस्थित र पारदर्शी बनाउनेतर्फ सहकार्य गर्न प्रतिबद्धता जनाएका छन्। नगर प्रमुख रिसालले पनि स्थानीय तहले पानी आपूर्ति प्रणालीलाई थप सुदृढ पार्न सहकारी समितिसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।
बिना ढिलाई तथा प्रभावकारी खानेपानी सेवा प्रदान गर्न, स्थानीय समुदाय, व्यवस्थापन समिति र नगरपालिका बीचको सहकार्यलाई अझ सुदृढ पार्न यस प्रकारका कार्यक्रमलाई महत्व दिने गरिन्छ।

प्रतिक्रिया