नवोदय बहुउद्देश्यीय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ पुष २०८२, आईतवार ०६:३४

काठमाडौँ । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापा ज्यूको प्रमुख आतिथ्यतामा बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा अवस्थित नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री थापाले सहकारी क्षेत्र आर्थिक सशक्तीकरण र सामाजिक रूपान्तरणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पारदर्शिता, सुशासन र सदस्यको सक्रिय सहभागिताबाट मात्र सहकारी दिगो र विश्वासिलो बन्न सक्ने बताउनुभयो। उहाँले प्रदेश सरकार सहकारीमार्फत रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र मजबुत बनाउने कार्यमा सकारात्मक भूमिका निर्वाह गरिरहेको समेत जानकारी दिनुभयो।

उक्त कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका–१२ का जनप्रतिनिधि, सहकारीका संस्थापक, वर्तमान सञ्चालक समिति, सल्लाहकार, शेयर सदस्यहरू तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साधारण सभामा सहकारीको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरी छलफल तथा पारित गरिएको थियो।

साथै कार्यक्रममा सहकारीको विकास र प्रवर्द्धनमा योगदान पुर्‍याएका व्यक्तित्वहरू तथा उत्कृष्ट शेयर सदस्यहरूलाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रमले सहकारीप्रति सदस्यहरूको उत्साह र प्रतिबद्धता अझै बलियो बनाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको अन्त्यमा आयोजक नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारीको सिद्धान्तअनुसार पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

slot gacor