एमाले नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने ओलीको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ पुष २०८२, शुक्रबार ०७:००

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण भए देश ठप्प पार्ने चेतावनी दिएका छन्। बिहीबार सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको शपथग्रहण कार्यक्रमपछि पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्।

ओलीले एमाले नेतृत्वविरुद्ध प्रचार, हल्ला मात्र नभई भौतिक आक्रमण र जाली मुद्दा लगाउने पञ्चायतकालीन कुकर्म पुनः थालनी गर्न खोजिएको दाबी गरे। उनले यसलाई ‘मिडिया ट्रायल’ को संज्ञा दिँदै यस्ता गतिविधि यथार्थमा परिणत हुन सक्ने खतरा रहेको बताए।

पार्टी कार्यकर्तालाई सचेत र तयार रहन निर्देशन दिँदै अध्यक्ष ओलीले नेतृत्वमाथि कुनै पनि किसिमको आक्रमण भए त्यसको कडा प्रतिवाद गरिने स्पष्ट पारे। उनले एमाले नेतृत्वमाथि हात हालिएको दिन देश ठप्प पार्नुपर्ने उल्लेख गर्दै त्यसका लागि देशभर संगठनलाई तयारी अवस्थामा राख्न आग्रह गरे।

ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार ढाल्नुपर्ने दाबी गर्दै त्यसका लागि पार्टी पंक्ति सक्रिय हुनुपर्ने बताए। “यो सरकार ढल्नुपर्छ, ढल्नेछ,” भन्दै उनले आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए।

एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबैभन्दा महँगो पर्ने चेतावनी दिँदै अध्यक्ष ओलीले केवल भाषण र नाराले नभई व्यवहारमै शक्ति देखाउनुपर्ने बताए। उनले पार्टीको नेतृत्व, संगठन र आन्दोलन क्षमतामाथि विश्वास व्यक्त गर्दै आवश्यक परे ‘कामले गरेर देखाउने’ तयारी गर्नुपर्ने धारणा राखे।

अध्यक्ष ओलीको यस अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्। एमाले महाधिवेशनपछि पार्टीको भावी रणनीति र आन्दोलनको दिशाबारे यो भनाइलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

slot gacor