काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र केन्द्र तोकेको छ ।
आयोगले बुधबार सात वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जानकारी दिएको हो। आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, सात वटै प्रदेशको राजधानीमा मतदान स्थल रहनेछ।
तोकिएका मतदान स्थलमा दुई-दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ। यी मतदान केन्द्र क प्रदेश सभाका सदस्यका लागि र ख गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएका छन्।
निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेका निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया