काठमाडौँ । नेकपा एमालेको संस्थापन पक्षको केन्द्रीय सदस्य सूचीमा परेका नेता लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडौँमा जारी एमालेको ११औँ महाधिवेशनमा पण्डितले सचिव पदका लागि उम्मेदवारी दिएको जानकारी दिएका हुन्। यसअघि उनी नेकपा एमालेको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेका थिए।
दशौँ महाधिवेशनमा पनि पदाधिकारीको आकांक्षा राखेका पण्डित त्यसबेला लिस्टमा नपरेपछि असन्तुष्ट हुँदै पछि हटेका थिए।
यसपटक भने उनले सचिव पदमा उम्मेदवारी दिए पनि कुन प्यानलबाट उम्मेदवारी दिएका हुन् भन्ने विषयमा खुलाउन चाहेनन्। उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अहिले त्यस्तो कुरा नगरौँ। मैले सचिव पदमा उम्मेदवारी दिएको छु।’
प्रतिक्रिया