काठमाडौँ । नेपालका प्रोफेसनल ब्यूटिसियन, मेकअप आर्टिस्ट तथा हेयर स्टाइलिस्टहरूका लागि अन्तर्राष्ट्रिय स्तरको सीप अभिवृद्धि गर्ने उद्देश्यसहित विशेष मास्टर क्लास कार्यक्रम आयोजना हुने भएको छ। भारतका प्रख्यात हेयर तथा मेकअप आर्टिस्टहरूको प्रत्यक्ष प्रशिक्षणमा सञ्चालन हुने उक्त कार्यक्रम ब्यूटी सेक्रेट को आयोजनामा हुन लागेको हो।
कार्यक्रम आयोजक ब्यूटी सेक्रेटकी प्रोप्राइटर तथा वरिष्ठ सौन्दर्यविद् सुमी रञ्जित ले नेपालका सौन्दर्यकर्मीहरूलाई विश्वस्तरीय ट्रेन्ड, टेक्निक र प्रोफेसनल ज्ञानसँग जोड्ने उद्देश्यले यो मास्टर क्लास आयोजना गरिएको बताइन्। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु नै कार्यक्रमको मुख्य लक्ष्य हो।
कार्यक्रमको डिजाइन तथा क्रिएटिभ अवधारणामा प्रख्यात मेकअप आर्टिस्ट विशाल गुरुङ को महत्वपूर्ण भूमिका रहेको छ। गुरुङले मास्टर क्लासमा आधुनिक हेयर स्टाइलिङ, हाई–एन्ड मेकअप टेक्निक, ब्राइडल र फेशन मेकअपका नयाँ ट्रेन्डहरू व्यावहारिक रूपमा सिकाइने जानकारी दिए।
मास्टर क्लास दुई चरणमा सञ्चालन हुनेछ।
पहिलो चरणमा काठमाडौंमा ४ दिने मास्टर क्लास सन् २०२५ डिसेम्बर २६ देखि २९ गतेसम्म नयाँ बानेश्वरस्थित द एभरेस्ट होटल मा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।
त्यसपछि दोस्रो चरणमा पोखरामा २ दिने मास्टर क्लास सन् २०२६ जनवरी २ र ३ गते चिप्लेढुङ्गास्थित पोखरा ट्रेडमलको क्लासिक चुलो मा आयोजना गरिनेछ। दुवै कार्यक्रम अवधिभर सहभागीहरूका लागि हाइ–टी तथा लन्चको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार सीमित सिट भएकाले समयमै बुकिङ गर्न आग्रह गरिएको छ।
सिट बुकिङ तथा थप जानकारीका लागि ९८५११५६०६८ र ९८४१३४०४३८ नम्बरमा सम्पर्क गर्न सकिनेछ।
नेपालको सौन्दर्य उद्योगलाई अन्तर्राष्ट्रिय मापदण्डमा उकास्ने दिशामा यो मास्टर क्लास कार्यक्रम महत्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया