काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित आनन्द गणेश परिसरमा भगवान बुद्धको मूर्ति निर्माणका लागि आइतबार शिलान्यास गरिएको छ।
वागमती प्रदेशका पूर्व संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी ले भगवान बुद्धको मूर्ति निर्माणका लागि शिलान्यास गरेका हुन्। शिलान्यास समारोहमा पूर्व मन्त्री ठकुरी र वडा अध्यक्ष नन्दलाल श्रेष्ठ ले बौद्ध परम्परा अनुसार विधिपूर्वक पूजा–अर्चना गरेका थिए।
कार्यक्रममा वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, वडा सदस्य सुमन लामा सहित स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
वडा कार्यालयका अनुसार वागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट विनियोजित २० लाख रुपैयाँको बजेटमा मन्दिर परिसरमा भगवान बुद्धको मूर्ति निर्माण गर्न लागिएको हो। यसले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बढाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया