ब्रिलियन्ट कलेजका पूर्व विद्यार्थीहरूको पिकनिक कार्यक्रम उल्लासपूर्ण रूपमा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०८२, आईतवार ०८:०५

काठमाडौँ ।  ब्रिलियन्ट कलेजका पूर्व विद्यार्थीहरूको आयोजनामा आयोजित पिकनिक कार्यक्रम बूढानीलकण्ठस्थित ९९ रिसोर्ट मा उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।

पूर्व विद्यार्थीहरूबीच आपसी आत्मीयता बढाउने, पुराना सम्झनाहरू साटासाट गर्ने तथा पुनर्मिलनको उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा एकै ब्याचका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमभर हाँसो, रमाइलो तथा सौहार्दपूर्ण माहोल देखिएको थियो।

पिकनिक कार्यक्रममा मनोरञ्जनात्मक खेलकुद, सामूहिक भोजन, अनुभव आदान–प्रदान तथा सांगीतिक गतिविधिहरू समेत सञ्चालन गरिएका थिए। सहभागीहरूले व्यस्त दैनिकीबाट फुर्सद निकालेर यस्तो भेटघाट आयोजना गरिएकोमा  एकअर्का  प्रति धन्यवाद व्यक्त गरिएको थियो ।

कार्यक्रमले ब्रिलियन्ट कलेजका पूर्व विद्यार्थीहरूबीचको सम्बन्धलाई अझ मजबुत बनाएको सहभागीहरूको भनाइ छ। भविष्यमा पनि यस्ता रचनात्मक तथा एकताबद्ध कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पूर्व विद्यार्थीहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

slot gacor