गोकर्णेश्वर नगरपालिका। आर्थिक वर्ष २०८२/८३ को स्वीकृत मिसन रोजगारी कार्यक्रम अन्तर्गत गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा श्री एक्सेल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट प्रा.लि. को सहकार्यमा यस नगरपालिकामा स्थायी बसोबास गर्ने १२ जना नगरवासीहरूलाई सहभागि गराई ३ महिने कुक तालिम सञ्चालन गरिने भएकोले इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूबाट आवेदन आह्वान गरिएको छ।
सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र गोकर्णेश्वर नगरपालिकाको सामाजिक विकास शाखा मा आवश्यक कागजातसहित निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
यस सम्बन्धमा थप जानकारीका लागि गोकर्णेश्वर नगरपालिकाको सामाजिक विकास शाखामा सम्पर्क गर्न सकिनेछ।
गोकर्णेश्वर नगरपालिका सामाजिक विकास शाखा
प्रतिक्रिया