माछापुच्छ्रे बैंक ‘पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (PCAF)’ मा सहभागी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०८२, आईतवार ०६:४३

काठमाडौँ ।  माछापुच्छ्रे बैंक लिमिटेडले वित्तीय क्रियाकलापबाट हुने हरितगृह ग्यास (GHG) उत्सर्जनको मापन, मूल्याङ्कन तथा न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको ‘पार्टनरशिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (PCAF)’ सँग सहकार्य गरेको छ।

PCAF विश्वव्यापी साझेदारीका रूपमा विश्वका विभिन्न देशमा रहेका ६०० भन्दा बढी वित्तीय संस्थासँग ऋण तथा लगानीसँग सम्बन्धित हरितगृह ग्यास (GHG) उत्सर्जनको मापन, मूल्याङ्कन र सोको विवरण सार्वजनिक गर्न एकरूप र सामञ्जस्यपूर्ण दृष्टिकोण विकास तथा कार्यान्वयन गर्दै आएको छ। विश्वव्यापी मान्यता प्राप्त मापदण्डमार्फत बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना वित्तीय क्रियाकलापबाट उत्पन्न उत्सर्जन पहिचान गर्न र भरपर्दो जलवायु रणनीति अवलम्बन गर्न PCAF ले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

विश्वभर बढ्दो हरितगृह ग्यास उत्सर्जन र यसबाट भविष्यमा उत्पन्न हुन सक्ने जटिल समस्याप्रति सचेत रहँदै माछापुच्छ्रे बैंक लिमिटेडले PCAF मा सहभागी भई आफ्नो व्यवसायिक कार्यप्रणाली तथा दीर्घकालीन रणनीतिमा वातावरणीय उत्तरदायित्वलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

यस कदमले बैंकको जलवायु एजेन्डालाई थप सुदृढ बनाउँदै वित्तीय क्रियाकलापबाट पर्ने वातावरणीय प्रभाव बुझ्न, जलवायु जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तथा नेपालले अवलम्बन गरेको कम–कार्बन उत्सर्जन नीति र जलवायु–लचकदार अर्थतन्त्रतर्फको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

Leave a Reply