गोकर्णेश्वर–३ मा मौलिक हक, बालबालिका ऐन तथा लागू औषध दुर्व्यसन रोकथाम सम्बन्धी कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ मंसिर २०८२, शुक्रबार ०६:५३

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका न्याय समितिद्वारा आयोजित मौलिक हक, बालबालिका ऐन तथा लागू औषध दुर्व्यसन रोकथामसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम  गोकर्णेश्वर नगरपालिका–३, सुन्ताखान माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रम गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख तथा न्याय समितिकी अध्यक्ष सान्नानी लामाको अध्यक्षतामा सम्पन्न भयो। वडा नं. ३ का वडाध्यक्ष मुराली प्रसाद कुइकेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उद्धव बिष्ट, विद्यालयका प्राध्यापक, शिक्षक–शिक्षिका तथा धेरै संख्यामा विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागी विद्यार्थी तथा शिक्षकलाई बालबालिकाको मौलिक हक, संरक्षणमा लागू कानुनी व्यवस्था, बालबालिकामाथि हुने दुर्व्यवहारका प्रकार, उजुरी प्रक्रिया, अभिभावक तथा समुदायको भूमिकाबारे विस्तृत जानकारी दिइयो।

त्यसैगरी, लागू औषध दुर्व्यसनका कारण, जोखिम, पहिचान तथा रोकथामका उपायबारे विशेषज्ञहरूले प्रस्तुति दिए। कार्यक्रमले बालबालिकालाई सुरक्षित वातावरण, स्वस्थ जीवनचर्या तथा कानुनी सचेतनामा प्रोत्साहन गर्ने उद्देश्य राखेको थियो।

विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीमा कानुनी जागरूकता बढ्दै जाने र उनीहरूलाई गलत बाटोबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी दिनमा निरन्तरता आवश्यक रहेको बताएको छ।

प्रतिक्रिया

Leave a Reply