काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका–११, अधिकारी चोक कपनस्थित एक किराना पसलमा दिउँसो दिनदहाडै चोरी भएको छ। करिब ३:१८ बजे ८५२२ नम्बरको १५० CC पल्सर मोटरसाइकलमा आएका दुई व्यक्तिले पसलको बाहिर राखिएको ५४,००० रुपैयाँ मूल्य बराबरको ‘साइ कृपा’ ब्रान्डको चियापत्ती चोरी गरेका हुन्।
सीसीटीभी तथा स्थलका अन्य प्रमाणहरूले चोरीको पुष्टि भए पनि चोरलाई पक्राउ गर्न सकिएको छैन। घटनापछि स्थानीयवासी र व्यापारीहरू बीच सुरक्षा व्यवस्थाप्रति चिन्ता बढेको छ।
यसैबीच, चोरीका दृश्य कैद भएको भिडियोलाई सम्बन्धित निकायसम्म पुगाउनका लागि, सबैलाई सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत जति सक्दो साझा गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया