गोकर्णेश्वर–८ ले ‘सुनौलो पाइला’ संस्थालाई खाद्यान्न र स्टेशनरी सामग्री हस्तान्तरण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०८२, बिहीबार ०५:३२

गोकर्णेश्वर।  गोकर्णेश्वर नगरपालिका–८ द्वारा सामुदायिक सेवा प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनौलो पाइला’ संस्थालाई खाद्यान्न तथा स्टेशनरी सामग्री हस्तान्तरण गरिएको छ। वडाबाट प्राप्त सहयोगका सामग्रीहरू  एक कार्यक्रमकाबीच संस्थालाई बुझाइएको हो।

कार्यक्रममा वडा अध्यक्ष नन्दलाल श्रेष्ठ र वडा सदस्य सुमन लामाले संयुक्त रूपमा खाद्यान्नका परिकार तथा बालबालिकालाई आवश्यक स्टेशनरी सामग्री हस्तान्तरण गर्नुभयो। उहाँहरूले बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने स्थानीय संस्थाहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याइरहेको उल्लेख गर्दै, वडा तर्फबाट यस्ता जनसेवामूलक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

‘सुनौलो पाइला’का प्रतिनिधिहरूले प्राप्त सहयोगले संस्थामा आवास तथा शिक्षामा आश्रित बालबालिकाहरूको दैनिक आवश्यकतामा सहजता आउने बताउँदै गोकर्णेश्वर–८लाई धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया

Leave a Reply