नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको अध्यक्षमा साम्देन लामा सर्वसम्मत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ मंसिर २०८२, बुधबार ०६:३८

काठमाडौँ । नेपाल अपाङ्ग संघ, खगेन्द्र नवजीवन केन्द्रको ३७औँ साधारण सभा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननीय मेगराज खड्का ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

केन्द्रको साधारण सभासँगै सम्पन्न निर्वाचनबाट साम्देन लामालाई अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन गरिएको छ। त्यसैगरी महासचिवमा मानबहादुर साउथ, कोषाध्यक्षमा शपुण्यप्रसाद सापकोटा तथा अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा निर्वाचित भएको केन्द्रले जनाएको छ।

साधारण सभाले संस्थाले अघि सारेका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै अपाङ्गता क्षेत्रमा सेवा, पुनर्स्थापना र अधिकार संरक्षणका कार्यलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply