गोकर्णेश्वर नगरपालिकामा बालअधिकार, मौलिक हक तथा लागूऔषध दुरुपयोग रोकथामबारे दोस्रो दिनको सचेतना कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०८२, मंगलवार ०६:१९

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका न्यायिक समितिद्वारा सञ्चालित विद्यालयस्तरका बालबालिकाका लागि आयोजित मौलिक हक, बालबालिका ऐन तथा लागूऔषध दुर्व्यसन रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम आज दोस्रो दिन पनि निरन्तरता दिइएको छ।

कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं. ९ स्थित अरुणोदय माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।

सत्रमा विद्यार्थीहरूलाई आफ्ना आधारभूत अधिकार, कानूनी सुरक्षा, अभिभावक तथा विद्यालयको जिम्मेवारी, बालमैत्री वातावरणका आवश्यकता लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

साथै पछिल्ला वर्षहरूमा विद्यालय तथा समुदायमा बढ्दै गएको लागूऔषध दुरुपयोगका जोखिमहरू, त्यसका दीर्घकालीन असर तथा रोकथामका उपायहरूबारे अन्तरक्रियात्मक शैलीमा प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा न्यायिक समितिका प्रतिनिधि, विद्यालय प्रशासन, शिक्षक, सुरक्षासम्बन्धी निकायका प्रतिनिधि तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूले प्रश्नोत्तर सत्रमार्फत आफ्ना जिज्ञासा तथा चिन्ताहरू खुलस्त राखेर प्रत्यक्ष मार्गदर्शन पाएका थिए।

प्रतिक्रिया

Leave a Reply