गोकर्ण हनुमानचोकमा ट्राफिक लाइट सञ्चालनमा, नगरप्रमुख रिसालद्वारा उद्घाटन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०८२, मंगलवार ०६:०३

काठमाडौँ । गोकर्णेश्वर–४ स्थित हनुमानचोकमा सोमबार ट्राफिक लाइटको औपचारिक उद्घाटन गरिएको छ। क्षेत्रभर बढ्दै गएको सवारी चाप र जाम व्यवस्थापन गर्नका लागि गोकर्णेश्वर नगरपालिकाले ट्राफिक लाइट जडान गरेको हो।

नगरप्रमुख दिपक रिसालले सोमबार एक विशेष कार्यक्रममा ट्राफिक लाइट उद्घाटन गर्दै सुरक्षित, व्यवस्थित र स्मार्ट यातायात व्यवस्थापनतर्फ नगरपालिकाले थप कदम चालेको बताए।

उद्घाटन कार्यक्रममा वडा अध्यक्ष जयराम महत, वडा सदस्यहरू कृष्ण श्रेष्ठराजेश श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालय बौद्धका प्रमुख तथा स्थानीयबासीहरूको उपस्थिती थियो।

नगरपालिकाले आगामी दिनमा अन्य व्यस्त चोक तथा संवेदनशील स्थानहरूमा पनि आवश्यकताअनुसार ट्राफिक लाइट जडान गर्दै स्मार्ट सिटी अवधारणालाई सुदृढ बनाउँदै लैजाने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply