पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार काण्डमा ५५ जनाविरुद्ध अहिलेसम्मकै ठूलो मुद्दा
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता र भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ५५ जनाविरुद्ध अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा दायर गरेको छ।
यस प्रकरणमा पूर्वअर्थमन्त्री डा. रामशरण महत, पूर्वपर्यटनमन्त्रीहरू भीम आचार्य, दीपक अमात्य, रामकुमार श्रेष्ठ, दिवंगत मन्त्री पोष्टबहादुर बोगटी, नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलगायत उच्च तहका व्यक्तिहरू प्रतिवादी बनाइएका छन्।
आयोगले प्रतिवादीहरूबाट ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ ५० पैसा बिगो दाबी गरेको छ। दिवंगत पोष्टबहादुर बोगटी र ध्रुवदास भोछिभोयाको निधन भएकाले उनीहरूको नाममा उहाहरूका हकवालाहरूलाई प्रतिवादी बनाइएको छ।
डा. रामशरण महतको अवस्थाबारे विशेष उल्लेख
मुद्दा लागेकामध्ये नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत केही वर्षदेखि अल्जाइमरको गम्भीर समस्याबाट पीडित छन्। उनी पछिल्लो चार वर्षयता कुनै सार्वजनिक कार्यक्रममा सक्रिय देखिएका छैनन्।
७५ वर्षीय महत २०५१ सालमा पहिलो पटक अर्थमन्त्री बनेका थिए र ६ पटक अर्थमन्त्री तथा एक पटक परराष्ट्रमन्त्री बनेर देशको आर्थिक उदारीकरण र सुधारका लागि महत्त्वपूर्ण भूमिका खेलेका नेताका रूपमा परिचित छन्।
हाल उनी काठमाडौंको मन्डिखाटारस्थित निवासमा उपचाररत छन्।
पोष्टबहादुर बोगटीको मृत्युपछि श्रीमती प्रतिवादी
माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री पोष्टबहादुर बोगटीको मृत्यु भइसकेकाले आयोगले श्रीमती राममाया बोगटीलाई यस प्रकरणमा प्रतिवादी बनाएको छ।
यी हुन् ५५ जना प्रतिवादी
अख्तियारले दायर गरेको मुद्दामा समावेश प्रतिवादीहरूको पूर्ण सूची तल जस्ताको तस्तै प्रस्तुत छ—
यी हुन् ५५ प्रतिवादी
१. रामकुमार श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष
२. भीमप्रसाद आचार्य
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष
३. दीपकचन्द्र अमात्य
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष
४. डा. रामशरण महत
तत्कालीन अर्थमन्त्री
५. सुशील घिमिरे
तत्कालीन सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
६. सुरेशमान श्रेष्ठ
तत्कालीन सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
७. सुमनप्रसाद शर्मा
तत्कालीन सचिव, अर्थ मन्त्रालय
८. भेषराज शर्मा
तत्कालीन सचिव, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालय
९. रञ्जनकृष्ण अर्याल
तत्कालीन सहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१०. मोहनकृष्ण सापकोटा
तत्कालीन सह–सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
११. लोकबहादुर खत्री
अर्थ मन्त्रालयका तत्कालीन सह–सचिव तथा प्राधिकरण सञ्चालक समितिका सदस्य
१२. मनरूप शाही
तत्कालीन सदस्य, नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति
१३. ज्योति अधिकारी
तत्कालीन सदस्य, नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति
१४. मनोज कार्की
तत्कालीन सदस्य, नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति
१५. फुर्वा छिरिङ शेर्पा
तत्कालीन सदस्य, नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति
१६. सुरेश आचार्य
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सह–सचिव एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य
१७. मदन खरेल
तत्कालीन सदस्य, नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समिति
१८. मुक्तिनारायण पौडेल
भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य
१९. सूर्यप्रसाद आचार्य
भन्सार विभागका तत्कालिन महानिर्देशक एवं नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य
२०. त्रिरत्न मानन्धर
तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य–सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण
२१. रतिशचन्द्र सुमन
तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य–सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण
२२. सुमनकुमार श्रेष्ठ
तत्कालीन उप–महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
२३. हरिबहादुर खड्का
तत्कालीन उप–सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
२४. रोशन चित्रकार
तत्कालीन उप–महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
२५. ऋषिकेश शर्मा
तत्कालीन उप–महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
२६. नारायण गिरी
तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
२७. महेशकुमार बस्नेत
तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
२८. बाबुराम पौडेल
तत्कालीन निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
२९. अशोककुमार सुवेदी
तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
३०. मुरारी भण्डारी
तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
३१. सुवर्णराज उपाध्याय
तत्कालीन उपनिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
३२. प्रतापबाबु तिवारी
तत्कालीन निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
३३. रुद्रप्रसाद फुयाल
तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
३४. रामचन्द्र सुवेदी
तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
३५. डा. रामकृष्ण तिमिल्सेना (तिमल्सेना)
पूर्व रजिष्ट्रार, सर्वोच्च अदालत
३६. डा. पुरुषोत्तम डंगोल
एयरपोर्ट इन्जिनियर
३७. विनोदानन्द चौधरी (मैथिल बाहुन)
सेवा निवृत्त निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
३८. मुकुन्दप्रसाद भण्डारी
तत्कालीन निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
३९. गंगासागर मान श्रेष्ठ
तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
४०. प्रदीप अधिकारी
तत्कालीन उपप्रबन्धक रही अहिले महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
४१. डा. रवीन्द्रनाथ श्रेष्ठ
तत्कालीन प्राध्यापक, त्रिभुवन विश्वविद्यालय, इन्जिनीयरिङ्ग अध्ययन संस्थान, पुल्चोक
४२. सूर्य ज्ञवाली
तत्कालीन उप–प्राध्यापक, त्रिभुवन विश्वविद्यालय, इन्जिनीयरिङ्ग अध्ययन संस्थान, पुल्चोक
४३. सन्तोषकुमार श्रेष्ठ
तत्कालीन उप–प्राध्यापक, त्रिभुवन विश्वविद्यालय, इन्जिनीयरिङ्ग अध्ययन संस्थान, पुल्चोक
४४. हंशराज पाण्डेय
तत्कालीन उप–निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
४५. डा. पुण्यराज शाक्य
तत्कालीन उप–निर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
४६. द्वारिका प्रसाद भट्टराई
तत्कालीन वरिष्ठ कानुन अधिकृत, नेपाल नागरिक उड्डयन प्राधिकरण
४७. कुल प्रसाद सिंखडा
तत्कालीन प्रबन्धक, नेपाल नागरिक उड्डयन प्राधिकरण
४८. मधुकुमार मरासिनी
तत्कालीन सह–सचिव अर्थ मन्त्रालय
४९. लालबहादुर खत्री
तत्कालीन उपसचिव, अर्थ मन्त्रालय
५०. कमलकुमार भट्टराई
तत्कालीन शाखा अधिकृत, अर्थ मन्त्रालय
५१. प्रेमनाथ उपाध्याय
तत्कालीन उपसचिव, अर्थ मन्त्रालय
५२. स्व. पोष्टबहादुर बोगटी (हकवाला श्रीमती राममाया बोगटी)
५३. स्व. ध्रुवदास भोछिभोया (निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठ)
५४.Wang Bo Chairman (China CAMC Engineering Co
५५. Liu Shengcheng CAMC Regional General Manager कम्पनी
China CAMC Engineering Co Ltd
प्रतिक्रिया