काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले कृषि क्षेत्र सुदृढीकरणका लागि ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गर्ने सम्बन्धमा आज सूचना सार्वजनिक गरेको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले जारी गरेको सूचनाअनुसार आर्थिक वर्ष ०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत कृषकलाई मिनिटिलर उपलब्ध गराइने भएको हो।
मिनिटिलर लिन इच्छुक कृषक समूह, निजी कृषि फर्म तथा कृषि सहकारीका कृषकहरूले सूचना प्रकाशित भएको मितिबाट २१ दिनभित्र कृषि विकास शाखा, गोकर्णमा निवेदन पेश गर्नुपर्ने छ।
सूचनामा निम्न कागजातहरू अनिवार्य रूपमा बुझाउन बताइएको छ—
कार्यक्रम माग निवेदन
नागरिकता प्रमाणपत्रको प्रतिलिपि
गोकर्णेश्वर नगरपालिकामा दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि
जग्गा लालपूर्जा वा भाडा सम्झौतापत्रको प्रतिलिपि
करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपि
कृषि विकास शाखामा दर्ता प्रमाणपत्रको प्रतिलिपि
सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र
०१–५९२०७३५
९८४१५४९१५७
९८४२०६७००१
९८४९१६४८२८
९८४४४१७६९६
नगरपालिकाले कृषकलाई modern agricultural tools प्रयोगमा प्रोत्साहित गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
प्रतिक्रिया