काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निवास पुगेकी छन्। आइतबार दिउँसो करिब ४ बजे उनी शाह निवास पुगेकी हुन्।
मेयर शाहका पिताको निधन भएको सातौँ दिनमा प्रधानमन्त्री कार्की शाह निवास पुगेको र करिब २० मिनेट बसिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले बताए।
उनका अनुसार भेटका क्रममा कुनै राजनीतिक कुराकानी नभएर प्रधानमन्त्रीले बालेनप्रति सहानुभूति प्रकट गर्दै अचानक पिताको वियोग भोग्नुपरेकोप्रति दुःख व्यक्त गरेकी थिइन्।
प्रतिक्रिया