बुढानीलकण्ठ–३ मा ग्राफिक्स डिजाइन र डिजिटल मार्केटिङ तालिमका लागि आवेदन खुला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०८२, आईतवार १६:५५

काठमाडौँ ।  बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेका युवाहरूका लागि ग्राफिक्स डिजाइन तथा डिजिटल मार्केटिङ तालिम सिक्ने सुवर्ण अवसर उपलब्ध भएको छ।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले २०८२/०८/२४ गते भित्र वडा कार्यालयमा निवेदन दर्ता गराउन अनुरोध गरिएको छ।

निवेदन बुझाउने स्थान: वडा कार्यालय
थप जानकारीका लागि: 01-4370131

वडाले युवाहरूलाई रोजगारीमूलक दक्षता विकासमा जोड दिँदै यस तालिममार्फत डिजिटल क्षेत्रमा सीप अभिवृद्धि हुने अपेक्षा जनाएको छ।

प्रतिक्रिया