कागेश्वरी मनोहरा–५ हरियाली नगर उकालोमा अपरिचित व्यक्तिको शव फेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०८२, आईतवार १६:४९

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–५ हरियाली नगर उकालो क्षेत्रमा आज बिहान एक अपरिचित पुरुषको शव फेला परेको छ। मृतकको कुनै पनि परिचय खुल्न नसकेपछि वडा अध्यक्ष शंकर पाण्डेले जो–कोही चिन्दा चिनाउने व्यक्तिहरूले तत्काल जानकारी गराउन आग्रह गरेका छन्।

वडा कार्यालयका अनुसार मृतकको पहिचान नखुलेका कारण उनका परिवारजनसम्म खबर पुर्‍याउन बौद्ध प्रहरी प्रभाग वा टिचिङ अस्पतालमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

वडा अध्यक्ष पाण्डेले घटनाबारे थप जानकारी जुटाइरहेको र परिवारजन फेला पर्नासाथ आवश्यक प्रक्रिया अघि बढाइने बताए।

प्रतिक्रिया

slot gacor